नेपाली क्रिकेट एक महिनामा नयाँ मोड लिॅदै
काठमाडौं । नेपाली क्रिकेटलाई एक महिनाभित्र नयाँ मोड दिन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) घोषण दिएको छ । आफैंले बनाएको सल्लाहकार समितिसँग शनिबार भएको बैठकपछि आईसीसी यस्तो निचोडमा पुगेको हो ।
गत वर्ष वैशाखमा नेपाल क्रिकेट संघ क्यान लाई निलम्बन गरेपछि विनयराज पाण्डे, वसन्त चौधरी, चूडामणि पौडेल, चतुरबहादुर चन्द, अशोकनाथ प्याकुर्याल, दीपक कोइराला, पवन अग्रवाल, रोहित दाहाललाई समेटै क्यानको विधान तयार पार्न सल्लाहकार समिति बनाएको थियो ।
दुई महिनाअघि सल्लाहकार समितिले प्रस्तावित विधान आईसीसीलाई बुझाएको थियो । ‘विधानबारे प्रस्ट हुन हिजो
(शनिबार) बैठक राखिएको जनाइएको छ । बैठकमा असहमतिका विषयमा पनि छलफल भएको जनाइएको छ । धेरै विषयमा सहमति जुटेको छ,’ समितिका प्रवक्ता दाहालले भने ।
(शनिबार) बैठक राखिएको जनाइएको छ । बैठकमा असहमतिका विषयमा पनि छलफल भएको जनाइएको छ । धेरै विषयमा सहमति जुटेको छ,’ समितिका प्रवक्ता दाहालले भने ।
आईसीसीले आइतबार प्रेस विज्ञप्तिमार्फत बैठकको जानकारी गराउने बताइएको छ । स्रोतका अनुसार सल्लाहकार समितिलाई प्रस्तावित विधानमा एकजुट हुन एक महिनाको समय दिइएको छ ।
Leave a Comment